+
+

नेपाली दर्शकमा ‘नागिन’ सिरियलको ‘क्रेज’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते ११:१९

११ फागुन, काठमाडौं । चर्चित भारतीय सिरियल ‘नागिन’लाई नेपाली दर्शकहरुले पनि निकै रुचाएको देखिन्छ । यो सिरियलको नेपाली दर्शकमा कति ‘क्रेज’ छ भन्ने बुझ्न युट्युब ट्रेन्डिङको सूची हेरे पुग्छ ।

‘नागिन’का तीनवटा भाग युट्युबको नेपाल ट्रेन्डिङको टप १० भित्र छन् । ‘नागिन ६’को पहिलो भाग नेपालको युट्युब ट्रेन्डिङको ४ नम्बरमा छ । यस्तै ‘भाग २ र ३’ ट्रेन्डिङको ६ र ७ नम्बरमा छन् ।

भारतीय सिरियल, बलिउड चलचित्रका गीतसंगीत र ट्रेलरले मात्र होइन विगत केही समयदेखि साउथका चलचित्रले नेपालको युट्युबमा कब्जा जमाउन थालेका छन् । साउथको हरेक नयाँ चलचित्र युट्युबको १ नम्बर ट्रेन्डिङमा लामो समयसम्म कब्जा गर्न सफल भइरहेको देखिन्छ ।

पछिल्लो समय नेपाली विषयवस्तुले युट्युबको पहिलो स्थान कब्जा गर्नु दुर्लभ जस्तै हुन थालेको छ । साउथका चलचित्र र भारतीय सिरियलको हालिमुहाली नै ट्रेन्डिङमा देखिन्छ ।

नेपाली महिला दर्शकमाझ ‘नागिन’ सिरियल सर्वाधिक लोकप्रिय मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?