+
+

राप्ती स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा.लामिछानेले गरे पदबहाली

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १३:४५

११ फागुन, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गरेका छन् ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार पुगेर डा.लामिछानेले पदभार ग्रहण गरेका हुन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले डा.लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए ।

उपकुलपतिको जिम्मेवारी सम्हाल्दै उपकुलपति लामिछानेले प्रतिष्ठानमा मेडिकल शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तथा आफ्नै कार्यकालभित्र प्रतिष्ठानमा एमबिबिएसको पढाइ सुरु गर्ने बताए ।

नव नियुक्त उपकुलपति लामिछानेलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, प्रतिष्ठानका डिन डा. सागर पन्थी, अस्पतालका सहायक निर्देशक डा. एन्जिलिका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?