+
+

काठमाडौं र ललितपुरमा भएका मोटरसाइकल दुर्घटनामा ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १०:०२

१२ फागुन, काठमाडौं । काठमाडौं र ललितपुरमा भएका मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानसहित ५ जना घाइते भएका छन् ।

काठमाडौंको बागबजारमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । बागमती प्रदेश ०२-०२६ प २४९ नम्बरको मोटरसाइकल र लु १६ प ५१०५ नम्बरको मोटरसाइकल गएराति पौने १० बजे आपसमा ठोकिएका थिए ।

घाइते भएका बाग्मती प्रदेशका मोटरसाइकल चालक महेन्द्रनगरका ३० वर्षीय सुदर्शन पनेरुको अवस्था गम्भीर छ । उनको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अर्का मोटरसाइकलका चालक पाल्पाको रामपुर घर भई हाल बागबजार बस्ने ६० वर्षीय दिलबहादुर सूर्यवंशी र सोही मोटरसाइकलमा सवार स्याङ्जाको वालिङका ५४ वर्षीय सन्त बहादुर दर्जीको भने बागबजारस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौंको नारायणहिटी दरबारस्थित उत्तर गेट अगाडिको सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालक पवन कुमार चन्द गम्भीर घाइते भएका छन् । उनी नेपाल प्रहरीको अपराध महाशाखामा कार्यरत प्रहरी जवान हुन् ।

उनलाई महांकालस्थित ट्रमा सेन्टरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको थियो ।
गएराति सवा १० बजे चन्दले चलाएको बागमति प्रदेश ०२-०२७प ७१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।

यसैगरी ललितपुरको सातदोबाटोमा गएराति मिनी ट्रक र मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालक दैलेखका ३५ वर्षीय रमेश कुमार मल्ल घाइते भएका छन् । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

इमाडोलबाट ग्वार्कोतर्फ आउँदै गरेको बा २ ख ६५२२ नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको मल्लले चलाएको भे ८ प २९३ नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे आपसमा ठोकिएका थिए ।

मिनी ट्रकसहित चालकलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?