+
+

एमसीसीविरुद्ध प्रदर्शन तनावपूर्ण

बिहीबारको प्रदर्शन अघिल्ला दिनहरुमा भन्दा बढी तनावपूर्ण देखिन्थ्यो ।

विकास/ चन्द्र/ शंकर/आर्यन विकास/ चन्द्र/ शंकर/आर्यन
२०७८ फागुन १२ गते २०:४३

१२ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले नयाँ बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरेको हो ।

बिहीबारको प्रदर्शन अघिल्ला दिनहरुमा भन्दा बढी तनावपूर्ण देखिन्थ्यो ।

सडकमा जम्मा भएको ठूलो भीड संसद भवनतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि लाठी र अश्रुग्याँस हानेको थियो । प्रदशर्नकारीले गुलेली र ढुंगा हानेका थिए ।

प्रदर्शनमा केही प्रदर्शनकारी घाइते भएर अस्पताल भर्ना भएका छन् ।

हेर्नुस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?