+
+

जापानी अर्बपतिले युक्रेनलाई दिए १ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १८:३२

१५ फागुन, काठमाडौं । जापानका एक अर्बपतिले रुससँग लडिरहेको युक्रेनलाई १ अर्बभन्दा बढी रकम दान गरेका छन् ।

आइतबार जापानी अर्बपति हिरोशी ‘मिकी’ मिकितानीले एक पत्रमार्फत् युक्रेनको सरकारलाई ८७ लाख अमेरिकी डलर (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) दान गर्ने घोषणा गरेका हुन् । उनले रुसी आक्रमण ‘लोकतन्त्रका लागि चुनौती भएको पनि बताएका छन् ।

‘मेरो मन तपाईं र युक्रेनी जनतासँगै छ’, मिकितानीले आफ्नो पत्रमा लेखेका छन्, ‘शान्तिपूर्ण एवं लोकतान्त्रिक युक्रेनलाई विनाकारण बलपूर्वक कुल्चनु लोकतन्त्रका लागि चुनौती हो ।’

मिकितानीले युक्रेन र रुसले युद्धलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने आशा समेत राखेका छन् । उनले आफ्नो पत्रमा लेखेका छन्, ‘रुस र युक्रेनले यो विषयलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने र चाँडोभन्दा चाँडो युक्रेनी नागरिकले शान्तिको महसुस गर्ने आशा राखेको छु ।’

मिकितानीले २०१९ मा युक्रेनको भ्रमण गरी जेलेन्स्कीलाई भेटेको पनि बताएका छन् । उनी ई-कमर्श कम्पनी राकुटेन ग्रुपका संस्थापक हुन् ।

युक्रेनमा हमला गरेपछि कैयौं मुलुकले रुसमाथि आर्थिक प्रतिबन्ध लगाइसकेका छन् । जापान सरकारले समेत मस्कोमाथि प्रतिबन्ध लगाउने भन्दै सम्पत्ति रोक्का गरिदिने र रुसी सेनासँग जोडिएका संगठनलाई सेमिकन्डक्टरजस्ता वस्तु निर्यात नगर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?