+
+

एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक

बढ्यो नन्स्टप युट्युब डेटा प्याकको भोल्युम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १२:२२

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । नयाँ अल टाइम डेटा प्याक योजना मंगलबारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । यसका साथै नन्स्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्छन् । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र १४७ रुपैयाँमा ७ दिनको समय सीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र युट्युबमा नन्स्टप पहुँच पाउँछन् । दुई जीबी अल टाइम डेटा प्याकको भोल्युम बढेर ४ जीबी भएको कम्पनीले जनाएको छ ।

ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक सञ्चालन गर्न सक्छन् । त्यस्तै ग्राहकले नन्स्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?