१५ असोज, काठमाडौं । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ ।
यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुनेछ । आइफोनका नयाँ मोडेल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १ सय ५० वटा नि:शुल्क एसएमएस र प्रिमियम कन्टेन्ट हेर्न सकिने ओटीटी प्ल्याटफर्म लायन्सगेटको सब्सक्रिप्सन प्राप्त गर्नेछन् ।
योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २ सय जना खरिदकर्ताले माथिका यी सुविधा तीन महिनासम्म नि:शुल्क पाउनेछन् ।
त्यसैगरी आइफोन डुओका पहिलो १ सय जना खरिदकर्ताले सोही सुविधा ६ महिनासम्म अतिरिक्त शुल्कविना नै उपभोग गर्न पाउने छन् ।
‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडेल खरिद गर्ने ग्राहकलाई यो विशेष अफर उपलब्ध गराउन पाउँदा हामी हर्षित छौं, व्यावहारिक मूल्य र डिजिटल जीवनशैलीलाई बल दिने एनसेलको प्रतिबद्धता अनुरूप यो योजनाले देशैभरि रहेका हाम्रा प्रयोगकर्तालाई जहाँसुकै भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउने छ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ‘प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवा जोडेर हामी सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहन्छौं ।’
प्रतिक्रिया 4