+
+

निगमको प्रादेशिक डिपोले इन्धन नदिएको व्यवसायीको आरोप 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १८:४०

१८ फागुन, बुटवल । रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोले मौज्दात भएर पनि पेट्रोलियम पदार्थ वितरण नगरेको आरोप व्यवसायीहरुले लगाएका छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले मूल्य वृद्धिको सम्भावनालाई मध्यनजर गरी निगमले व्यवसायीलाई इन्धन नदिएको दाबी गरे । ‘मूल्य बढ्ने सम्भावना देखेर मुनाफा कमाउने उद्देश्यले निगमले डिपोमा मौज्दात १५ ट्याङकर इन्धन दिएन,’ अध्यक्ष न्यौपानेले भने, ‘यसले गर्दा बजारमा इन्धनको अभाव हुने देखिएको छ ।’

तर नेपाल आयाल निगम लुम्बिनी प्रादेशिक कार्यालयका प्रबन्धक मनोहर डिसीले भने डिपोले दैनिक रुपमा बिक्री गर्ने परिमाण भन्दा बढी नै वितरण गरेको दाबी गरे ।

‘भारतमा अहिले निर्वाचनको समय भएकाले सीमा बन्द हुँदा पेट्रोलियम पदार्थको आयात कम भएको हो,’ उनले भने, ‘व्यवसायीको आरोप सत्य होइन ।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य १ सय ८ डलर प्रति ब्यारेल रहेको र नेपाल आयल निगमले प्रतिब्यारेल ८० डलरको हाराहारीमा बिक्री गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?