+
+

शिवरात्रिमा सूर्या लाइफको निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते २०:०६

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले शिवरात्रिको अवसरमा भक्तजनलाई लक्षित गरी पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो ।

शिविरबाट भक्तजनहरुलाई एम्बुलेन्ससहितको आकस्मिक स्वास्थ सेवा प्रदान गर्नुको साथै निःशुल्क दन्त परीक्षण, स्वास्थ परीक्षणसँगै औषधि वितरण समेत भएको थियो ।

हेल्थ सर्भिस नेपालका ३० जना स्वस्थ सेवाकर्मीको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा पानी र जुस वितरण गर्नुका साथै नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?