+
+

एरोथाईको जहाजबाट विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

नियमित उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ११:२१

२२ फागुन, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई/दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ ।

जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई सुरक्षा सुदृढीकरणका लागि यस्तो परीक्षण हुने गर्छ । विमानस्थल कार्यालयले ११ बजेबाट १ बजेसम्म ‘नोटाम नोटिस’ जारी गरेको छ ।

जसका कारण यो अवधिमा विराटनगर विमानस्थलमा निर्धारित उडानहरु प्रभावित हुने भएका छन् । यो जहाजबाट त्रिभुवन विमानस्थल र ठूला आन्तरिक विमानस्थलमा परीक्षण भइरहेको छ । अहिले जहाज विराटनगरको आकासमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?