+
+

पर्यटन बोर्ड र नाराले १०० जना युवालाई र्‍याफ्टिङ तालिम दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १८:१६

२३ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले १०० जना युवालाई र्‍याफ्टिङ तालिम दिने भएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र नाराका अध्यक्ष गंगाप्रसाद नेपालले तालिम सञ्चालन गर्ने सम्बन्धी विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत तालिम सञ्चालन गर्न लागेको हो ।

सम्झौता अनुसार नाराले त्रिशुली, भोटेकोशी र कालीगण्डकी क्षेत्रमा गरी करिब १०० जनालाई र्‍याफ्टिङसम्बन्धी तालिम प्रदान गरिने दीगो पर्यटन परियोजनाका नेसनल प्रोजेक्ट म्यानेजर एवं बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

दुई सातासम्म सञ्चालन गरिने यो तालिमले स्थानीय स्तरमा जलयात्राका लागि नयाँ जनशक्ति तयार हुने अपेक्षा गरिएको नाराका अध्यक्ष नेपालले बताए ।सम्झौता अनुसार जेठ १५ गते तीन वटै नदीमा तालिम सम्पन्न गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?