+
+

‘ए मेरो हजुर ४’को ‘सुन्तला’ गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १४:४०

२४ फागुन, काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ ।

वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् ।

गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?