+
+

कर्णालीमा अध्यादेशबाट ल्याएको बजेट पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १३:०६

२५ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट आठ महिनापछि पारित भएको छ ।

बजेट ल्याउने प्रयोजनका लागि ल्याइएको अध्यादेश प्रतिस्थापन गरी आर्थिक बर्ष २०७८-०७९ को बजेट पारित गरिएको हो ।

विनियोजन अध्यादेश २०७८ र आर्थिक अध्यादेश २०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ मंगलबार प्रदेश सभा सदस्यहरुको बहुमतले पारित गरेका छन् ।

तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्मा प्रस्तुत गरेका थिए ।

असार १ गते प्रदेश सभामा पेस गरेको बजेट प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गरेपछि बजेटमाथि छलफल नै हुन सकेको थिएन् ।

संसदबाट उक्त बजेट पारित नभएपछि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको थियो ।

सदन चलेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन नगरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभाको नवौँ अधिवेशन सुचारु भएको फागुन २८ गते ६० दिन पुग्नु अगावै दलहरूले सर्वसम्मतले प्रतिस्थापन विधेयक पारित गरेका हुन् ।

अब भने चालू आर्थिक वर्षको बजेट नियमित प्रक्रियाको सो सरह मान्य भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?