+
+
Shares

राप्रपाले कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, तटस्थ बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १७:०४

१३ वैशाख, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत सम्बन्धी दर्ता गराएको प्रस्तावमाथि छलफलमा भाग लिंदै राप्रपा कर्णाली प्रदेश सांसद सन्तोषी शाहीले तटस्थ बस्ने बताएकी हुन् ।

उनले ठूला दलहरू गठबन्धन बनाउने र सत्ता प्राप्तिको खेलमा मात्रै केन्द्रित भएको बताइन् । ‘कसले कतिखेर आफ्नो रूपरंग बदल्ने हो कुनै ग्यारेन्टी छैन । यस्तो दुविधामा मुख्यमन्त्रीज्यूलाई विश्वासको मत दिन सकिंदैन’ शाहीले प्रदेश सभामा कँडेललाई नै प्रश्न गरिन, ‘मुख्यमन्त्रीज्यू यो विश्वासको मत कहिलेसम्मका लागि हो ?’

सांसद शाहीले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त भएको १७ दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको कार्यक्षमता माथि नै प्रश्न उठाइन् ।

‘आज बजेटका प्राथमिकता माथि छलफल हुनुपर्ने सदनमा विश्वासको मत माग्दै हुनुहुन्छ,’ उनले भनिन्, ‘तपाईंहरू सत्ताको भागबन्डामा रुमलिंदै गर्दा अहिलेसम्म जम्मा २५ प्रतिशत मात्रै बजेट कार्यान्वयन भएको छ । मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ मुख्यमन्त्रीज्यू ?’

उनले अहिलेका राजनीतिक दलहरूबाट जनता वाक्क भइसकेको बताइन् । कर्णालीमा राप्रपाको एक सिट मात्रै छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?