+
+

रुसले गरेको बम आक्रमणमा युक्रेनी अभिनेता लीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १३:५८
फाइल तस्वीर

२५ फागुन, काठमाडौं । रुसले गरेको बम आक्रमणमा युक्रेनका चर्चित अभिनेता तथा टीभी प्रस्तोता पासा लीको मृत्यु भएको छ । बीबीसीका अनुसार राजधानी किभ नजिकैको युक्रेनी सहर इरपिनमा भएको घटनामा लीको मृत्यु भएको हो ।

३३ वर्षीय लीले रुसी आक्रमणको पहिलो दिन युक्रेनको प्रतिरक्षा गर्ने दस्तामा भाग लिएका थिए । इरपिन सहरका बासिन्दाका अनुसार अभिनेता लीले ‘द लायन किङ’ र ‘द हबिट’जस्ता चर्चित युक्रेनी संस्करणका फिल्ममा अभिनय गर्नुका साथै आवाज दिएका थिए ।

पाभ्लो ली नामले फिल्ममा चर्चित उनको जन्म सन् १९८८ मा क्रिमियामा भएको थियो । उनले हालै त्यहाँको डोम टीभीमा एक कार्यक्रम सञ्चालन गर्न सुरु गरेका थिए । उक्त टीभी च्यानलले सन् २०१४ देखि रुसी पृथकतावादीहरुले कब्जा गरेको युक्रेनका पूर्वी क्षेत्रका दर्शकलाई लक्षित गर्दै प्रसारण आरम्भ गरेको थियो ।

च्यानलकी प्रमुख युलिया ओस्ट्रोभ्स्काले दिवंगत अभिनेता तथा प्रस्तोता ली रमाइलो स्वभावका व्यक्ति भएको बताएकी छन् । उनले टीभी ट्यालेन्ट शो स्टार फ्याक्ट्री र एक्स-फ्याक्टरसहित २०१६ मा रिलिज भएको सेल्फीपार्टीसहितका फिल्ममा अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?