+
+

पेट्रोलको मूल्य रियल टाइममै समायोजन गर्न छलफल हुँदैछ : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १४:२३
गृहमन्त्री बालकृष्ण खाँण/फाइल तस्वीर

१ चैत, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताएका छन् । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि रहेको भन्दै उनले  यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयाेजना कार्यक्रममा बाेल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुकाे कारण पेट्रोलियम पदार्थ हाे । अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्नु हुन सक्छ, हामी छलफल गरिरहेका छाैं ।’

औषधिमा पनि उपभोक्ता ठगिएको भन्दै उनले उपभोक्ताकाे कानुनी अधिकार संरक्षण गर्न सरकार तयार रहेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?