+
+

औद्योगिक प्रयोजनका लागि एकपटकमा २०० मेट्रिकटन मात्रै सुपारी आयात अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १५:२९

३ चैत, काठमाडौं । सरकारले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको छ ।

मन्त्रिपरिषबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिजय विभागले आयात इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो । केही दिन अघि सरकारले सुपारी, केराउ, छोकडा र नधुल्याएको मरिच औद्योगिक प्रयोजनका लागि आयात गर्न दिने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

‘वार्षिक स्वीकृत स्किम र परिमाणको सीमा भित्र रही एक पटकमा विभागले एक पटकका लागि बढीमा २ सय मेट्रिकटन मात्रै पैठारीको इजाजत दिन सक्नेछ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गोप्य राखेको कार्यविधिमा उल्लेख छ ।

यस्ता वस्तुको आयातका लागि निवेदन दिने उद्योगहरुले स्वीकृत गरेको स्किम र वार्षिक उत्पादन विवरण पनि पेश गर्नु पर्नेछ भने सम्बन्धित उद्योगले प्रमाणित गरेको बिक्री विवरण साथै उद्योग जडान गरेको मेसिनरी क्षमताको विवरण पनि वाणिज्य विभागमा पेश गर्नु पर्ने छ । यस्तै उद्योग सञ्चालन अवस्था र चालु आर्थिक वर्षको लक्ष्य पनि खुलाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिले उद्योगहरुले अघिल्लो वर्ष आयात गरेको भए सोको विवरण पेश गर्नु पर्ने बाध्यकारी व्यवस्था पनि गरेको छ । यसरी आयात गरिएको सुपारी, छोकडा, केराउ निकासी र ट्रेडिङलाई बिक्री वितरण पनि कार्यविधिले रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?