+
+

एनएसएलबारे छलफल गर्न एन्फाले बनायो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १५:३८

३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल)को विषयमा पछिल्लो समय चलेको बहसबारे छलफल गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ ।

एन्फाको बिहीबार सम्पन्न १८औं कार्यसमिति बैठकले एन्फा अध्यक्षको संयोजनमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । शुक्रबार एनएसएल आयोजनाबारे ए डिभिजन क्लबहरुसँग छलफल गर्ने एन्फाले जनाएको छ ।

पछिल्लो समय ए डिभिजन क्लबले रिलिज नै नगरी आफूहरुका खेलाडीलाई एनएसएलका लागि अक्सनमा राखेकोमा आपत्ति जनाउँदै आएका छन् ।

केही दिनअघि थ्रीस्टार, एनआरटी, मनाङ मर्स्याङ्दी र संकटाले पत्रकार सम्मेलन नै गरेर आफूहरुमाथि षडयन्त्र हुन लागेको बताएका थिए ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले चैत २६ देखि दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी गरिरहेको छ । लिगमा १० फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

दुई दिनसम्म चलेको एन्फा कार्यसमिति बैठकले संघको निर्वाचन कार्यतालिका अनुमोदन गर्ने निर्णय पनि गरेको छ । एन्फाको निर्वाचन यसअघि नै २०७९ जेठ १५ गतेलाई तोकिएको छ ।

बैठकले निर्वाचन निर्देशिका परिमार्जन गरी चैत १५ गते एन्फाको विशेष साधारण सभा आयोजना गर्ने निर्णय पनि गरेको छ । जिल्ला फुटबल संघको निर्वाचन २०७९ वैशाख १ देखि १० गतेसम्म गर्ने निर्णय गरेको पनि एन्फाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?