+
+

टेलिसिरियल ‘मेरो कथा’ ५१औं भाग पुगेको अवसरमा कलाकार सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १७:४१

६ चैत, काठमाडौं । टेलिसिरियल ‘मेरो कथा’को ५१ औं भाग पुगेको अवसरमा खुसीयाली साटिएको छ । आइतबार आयोजित कार्यक्रममा कलाकारलाई सम्मान समेत गरिएको छ ।

सोही अवसरमा निर्देशक गीता नेपालको जन्मदिन पनि मनाइयो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकारहरु मोहन निरौला, शोभित बस्नेत लगायतले सिरियललाई सफलताको शुभकामना दिए ।

५१ औं भागबाट निर्देशकको जिम्मेवारी रामजी राउतले सम्हाल्ने भएका छन् । सिरियलमा रमेश बुढाथोकी, पवन मैनाली, हिउँवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा लगायतको अभिनय छ ।

धनेश्वर मिडियाको ब्यानरमा निर्माण भएको सिरियलमा तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?