+
+

एन्ड्रोइड फोनमा कसरी लुकाउने गोप्य तस्वीर तथा भिडियोहरू ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते ८:३८

के तपाईंका कतिपय अन्तरंग तथा संवेदनशील तस्वीर तथा भिडियोहरू आफ्नो फोनको गुगल फोटोज एपमा छन् ? आफ्नो फोन कसैले चलाउँदा वा आफ्नो गुगल अकाउन्ट कसैले लगइन गर्दा ती फोटोहरू नदेखिउन भन्ने चाहनुहुन्छ ? यदि त्यसो हो भने यसको पनि उपाय छ ।

गुगल फोटोज एपको सुरक्षित फोल्डरभित्र आफ्ना संवेदनशील फोटो तथा भिडियोहरू गोप्य ढंगले राख्न सकिन्छ ।

लक्ड फोल्डर भनिने उक्त गोप्य फोल्डर तपाईंको डीभाइसको स्क्रिन लकबाटै सुरक्षित भएको हुन्छ । यो फोल्डरभित्र रहेका फोटो तथा भिडियोहरू गुगल फोटोजको फोटोज ग्रिड, मेमोरिज, सर्च तथा एल्बममा नदेखिने मात्र होइन आफ्नो फोनका भिडियो तथा फोटोहरूमा एक्सेस भएका अन्यय एपहरूबाट पनि देख्न सकिंदैन ।

साथै फोनका डाटाहरू केवल वा क्लाउडमार्फत् अन्य डिभाइसमा सार्दासमेत उक्त गोप्य फोल्डरका डाटाहरू सर्दैनन् ।

गुगलको यो फिचर एन्ड्रोइड फोनमा मात्र उपलब्ध छ । त्यो पनि एन्ड्रोइड ६ र त्यसभन्दा पछिल्ला भर्सनहरूमा मात्र । डिभाइसको स्क्रिन लक कोड तथा प्याटर्न थाहा हुनेले मात्र गुगल फोटोजको उक्त गोप्य फोल्डर खोल्न सक्दछ ।

कसरी बनाउने गोप्य फोल्डर ?

· गुगल फोटोज एप खोल्नुहोस्

· त्यसपछि Library अप्सन हुँदै Utilities / Locked Folder मा जानुहोस्

· त्यसपछि Set up Locked Folderअप्सनमा थिच्नुहोस्

· आफ्नो डिभाइस अनलक गर्नका लागि स्क्रिनमा आउने निर्देशन बमोजिम गर्नुहोस् । यदि तपाईंले आफ्नो फोनको स्क्रिन लक राख्नुभएको छैन भने सुरुमा स्क्रिन लक राख्नुपर्छ ।

· त्यसपछि आफूले उक्त गोप्य फोल्डरमा राख्न चाहने फोटो तथा भिडियोहरू छान्नुहोस् ।

· दायाँपट्टि सबैभन्दा माथिल्लो भागमा रहेको More अप्सनमा थिचेर Move to Locked अप्सनमा जानुहोस् ।

· अन्तिममा Move मा थिच्नुहोस् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?