+
+

एएफसी फुटसल एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १४:१७

७ चैत, काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २२ खेलाडीबाट अन्तिम टोली छानिएको हो ।

यसअघि प्रशिक्षक बस्नेतले प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बोलाएर १३ फागुनदेखि प्रशिक्षण सुरु गरेका थिए । त्यसपछि उनले १० खेलाडीलाई बाहिर राख्दै दवस्रो चरणमा २२ खेलाडी छनोट गरेका थिए ।

एसियाली फुटबल महासंघअन्तर्गत मध्य र दक्षिण एसियाली क्षेत्रको समूह बी मा रहेको नेपालले यसपटक एसियाली पावरहाउस उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानको सामना गर्दैछ ।

किर्गिस्तानमा चैत १८ देखि बैशाख २ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले चैत २७ गते उज्वेकिस्तान, २८ गते ताजिकिस्तान र २९ गते अफगानिस्तानसँग खेल्दैछ ।

नेपाली टोली:

गोलकिपर : अनिश श्रेष्ठ, विश्वास पौडेल

फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ

एला : आदील हमाद, क्रिजल खड्का, मणि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा

पिभोट : हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?