+
+

जम्मु-कश्मीरका पूर्व मुख्यमन्त्रीले भने- ‘कश्मीर फाइल्स’ले नागरिकको मन जोड्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १३:१२

काठमाडौं । बलिउड फिल्म ‘द कश्मीर फाइल्स’का विषयमा भइरहेको विवादका बीच जम्मु-कश्मीरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले कसैको षड्यन्त्रका कारण सन् १९९० को घटना भएको बताएका छन् । त्यही षड्यन्त्रका कारण कश्मिरी पण्डित भाग्न बाध्य बनाएको उनको भनाइ छ ।

इण्डिया टुडेसँगको कुराकानीमा पूर्व मुख्यमन्त्री अब्दुल्लाले कश्मिरी पण्डितहरुले कश्मीर छाड्नु परेको घटना एकदमै खराब रहेको र यसका कारण आज पनि आफ्नो मन रोइरहेको बताए । उनले भनेका छन्, ‘कोही कश्मिरी छैनन्, जो उनीहरुका लागि नरोएका हुन् । सबै चाहन्छन् कि उनीहरु आफ्नो घर (कश्मीर) फर्किउन्, अनि मात्रै कश्मीर पूर्ण हुनेछ ।’

उनले सन् १९९० को घटना कसको षड्यन्त्रमा भएको थियो भन्ने विषयको पूर्ण छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

कश्मीरका पूर्व मुख्यमन्त्री अब्दुल्लाले फिल्म ‘द कश्मीर फाइल्स’माथि टिप्पणी गर्दै फिल्मले नागरिकको मन जोड्ने होइन तोड्ने काम गरेको बताएका छन् । फिल्मकै कारण पूरा देशमा आगो लागिरहेको भन्दै उनले यसलाई ननिभाए देशलाई नै जलाउन सक्ने चेतावनी दिएका छन् । उनले हिन्दू-मुस्लिमको सम्बन्ध अरु खराब हुन सक्ने भन्दै यसलाई नभड्काउन सरकारलाई आग्रह समेत गरेका छन् ।

सन् १९९० मा कश्मिरी पण्डितहरु कश्मीरबाट लखेटिएको घटनामा आधारित फिल्म ‘द कश्मीर फाइल्स’ले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यो फिल्मलाई लिएर पक्ष र विपक्षमा बहस भइरहेका छन् । विवेक अग्निहोत्रीले निर्देशन गरेको यो फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी लगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?