+
+

प्राधिकरणको निर्देशनपछि आईएमई लाइफ इन्स्योरेन्सको घोषित लाभांश घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १०:४२

२३ वैशाख, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले यसअघि घोषणा गरेको लाभांशको दर घटाएको छ । बीमा प्राधिकरणको निर्देशनपछि लाभांश घटाइएको कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसअघि कम्पनीले सेयरधनीका लागि २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगदसहित कुल ३४.५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

कम्पनीले यसमा बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश १.३१ प्रतिशतमा झारेको हो । यो नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ । ‘कुनै पनि नगद लाभांश घोषणा तथा वितरण नगर्नका लागि प्राधिकरणको निर्देशन भएको हुँदा उक्त निर्देशनबमोजिम वैशाख २१ गतेको सञ्चालक समिति बैठकले नयाँ लाभांश दर प्रस्ताव गरेको छ’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?