+
+

साढे ४ सय मूल्य रहेको बुद्धभूमि हाइड्रोपावरको प्रतिसेयर आम्दानी ३४ पैसा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १०:२३

२३ वैशाख, काठमाडौं । सेयर मूल्य करिब साढे ४ सय रुपैयाँ रहेको बुद्धभूमि हाइड्रोपावर कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी भने जम्मा ३४ पैसा मात्रै छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिको नाफा १० लाख २० हजार रुपैयाँ छ ।

कम्पनी गत आर्थिक वर्षको यसै अवधिमा ३४ लाख १६ हजार नोक्सानीमा थियो । कम्पनीको विद्युत् बिक्री र अन्य आम्दानीमा आएको वृद्धिले नाफा धनात्मक हुन पुगेको देखिन्छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४८ रुपैयाँ २० पैसा छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासमा १२ करोड ७९ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । गत आवको यसै अवधिमा १२ करोड ५५ लाखको बिक्री गरेको थियो । विद्युत बिक्रीवापतको आम्दानी उच्च देखिए पनि कम्पनीको वित्तीय लागत नै ७ करोड ३० लाख रुपैयाँ छ भने प्रशासनिक खर्च १ करोड ७१ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?