+
+

भारतका लागि नेपाली राजदूत डा. शर्माले लिए सपथ

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १५:२२

११ चैत, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।

कार्यभार सम्हाल्न भारत जानुअघि उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

सरकारले ११ कात्तिकमै अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यसँगै भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफिारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेर पछि डा. शर्माको एग्रिमो आएको थिए । हालै एग्रिमो आएपछि राष्ट्रपतिले डा. शर्मालाई राजदूतमा नियुत्तल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?