+
+

खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १५:२१

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू भारत गएका कारण नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।

देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?