+
+

अन्तरिक्ष पर्यटनमा नयाँ कीर्तिमान, ६ व्यक्तिले एकसाथ गरे अन्तरिक्ष यात्रा !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते १३:३१

ब्लु ओरोजिन कम्पनीले पहिलोपटक ६ जना व्यक्तिलाईर् एकसाथ सफलापूर्वक अन्तरिक्षको भ्रमण गराएको छ ।

मार्च ३१ गते ब्लु ओरिजिनको न्यु शेर्फड यानमा चढेर अन्तरिक्ष भ्रमण गरेका हुन् । उनीहरू पृथ्वीभन्दा १ सय किलोमिटर माथि कारमान लाइनसम्म पुगेका थिए ।

तीमध्ये एकजना न्यु शेफर्डकै आर्किटेक्ट हुन् भने अन्य पाँचजनाले अन्तरिक्ष यात्राबापत कति शुल्क बुझाए भन्ने खुलाइएको छैन । पाँचजना अन्तरिक्ष पर्यटकहरूमा मार्टी एलन, मार्क हेगल, शारोन हेगल, जिम किचेन र डाक्टर जर्ज निल्ड छन् ।

उनीहरूले अन्तरिक्षयानमा झण्डै १० मिनेटको समय बिताएका थिए । त्यसमध्ये ३ मिनेटसम्म उनीहरूले शून्य गुरुत्वाकर्षणको अनुभव गरे ।

स्मरण रहोस् ब्लु ओरिजिनले पछिल्लो एक वर्षमा योसँगै चौथोपटक अन्तरिक्ष उडान गरेको छ र यो वर्ष यसै ९ वटा उडान गर्ने योजना छ ।

गत जुलाई महिनामा पहिलोपटक अमेजन तथा ब्लु ओरिजिन कम्पनीका संस्थापक जेफ बेजोस, उनका भाई मार्क बेजोस, १८ वर्षका ओलिभर डेमेन र ८२ वर्षकी वाली फंकले अन्तरिक्षको पहिलो यात्रा गरेका थिए । पहिलोपटक न्यू शेफर्डको लञ्चिङ पूर्णत स्वचालित बनाइएको थियो ।

प्रक्षेपण देखि अवतरण सम्मका कुनै पनि चरणमा अन्तरिक्षयात्रीले कुनैपनि काम गर्नु पर्दैनथ्यो । त्यसयता ब्लु ओरिजिन कम्पनीको अन्तरिक्ष पर्यटन यात्राका विषयमा विश्वभर चर्चा भैरहेको छ ।

ब्लु ओरिजिनले गत अक्टोबरमा गरेको दोश्रो उडानमा पनि कीर्तिमान कायम गर्‍यो । उक्त उडानमा सबैभन्दा वृद्ध व्यक्ति अन्तरिक्षमा पुगे । ९० वर्षीय अभिनेता विलियम स्याटनरले त्यसबेला अन्तरिक्ष यात्रा गरेका थिए ।

आफ्नो अन्तरिक्ष स्टेसन बनाउँदै जेफ बेजोस

यसैबीच अर्बपति जेफ बेजोसले आफ्नो अन्तरिक्ष स्टेशन बनाउने योजना अघि सारेका छन् । त्यो एक व्यवसायिक स्पेस स्टेशन हुनेछ जहाँ मानिसहरू शुल्क तिरेर केही दिन छुट्टी मनाउन सक्नेछन् । उक्त स्पेस स्टेसनको नाम अर्बिटल रिफ हुनेछ ।

ब्लु ओरिजिन कम्पनीका अनुसार कम्पनीका वैज्ञानिकहरू छिटै नै स्पेस स्टेशन तयार गर्नेछन् । सन् २०२५ सम्ममा मानिसहरु बोइङको विमानमा चढेर ब्लु ओरिजिनको स्पेस स्टेशनमा पुग्न सक्नेछन् ।

स्मरण रहोस् स्पेस स्टेशन बनाउनका लागि ब्लु ओरिजिनसँगै बोइङ, सिएरा स्पेस, रेडवायर स्पेस, जेनेसिस इन्जिनियरिङ सोलुसन्स तथा एरिजोना स्टेस युनिभर्सिटीले सहकार्य गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?