+

फाइनल खेल दबावविना खेल्छौं : कप्तान लामिछाने

२०७८ चैत  २० गते १६:५९ २०७८ चैत २० गते १६:५९
फाइनल खेल दबावविना खेल्छौं : कप्तान लामिछाने

२० चैत, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी-२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबावविना खेल्ने बताएका छन् ।

सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिरिजका अरु खेलमा जस्तै खेल्ने बताएका छन् । ‘हामीले जस्तो खेल्थ्यौ । फाइनलमा पनि त्यसरी नै खेल्छौं, कुनै प्रेसर लिदैनौं, हामी हाम्रो योजना अनुसार खेल्नेछौं’ उनले भने ।

उनले सिरिजका क्रममा घाइते भएका कमल सिंह ऐरीको अभाव भने महसुस हुने बताए । नेपालका मुख्य प्रशिक्षक पुबुदु नशानायकेले नेपाली युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको बताए । ‘युवा खेलाडीको खेल देखेर खुसी छु नेपालको अहिले बेस्ट टिम छ’ उनले भने ।

पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई लिएर केही दबाव महसुस भएको बताए । ‘हामी लामो समयदेखि टी-२० फर्म्याट खेलेका थिएनौं । त्यही भएर गाह्रो भएको छ’ उनले भने ।

पीएनजीका प्रशिक्षकले नेपालसँगको एकदिवसीय खेल जिते पनि टी-२० मा पराजित भएको बताए । यद्यपि यो सिरिजले आफूहरुलाई फाइदा पुगेको उनले बताए ।

नेपाली क्रिकेट सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय