+
+

मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १७:५५

२३ चैत, सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१ तिम्ले खोलामा मिनी ट्रक दुर्घटना हुँदा चालक र सह–चालक घाइते भएका छन् । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ख ३६७६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।

घाइते हुनेमा गाडी चालक आठबिस नगरपालिका–३ का २८ वर्षीय साजन शाही र सहचालक लम्कीचुहा नगरपालिका कैलालीका २८ वर्षीय राजेश बटला रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सहचालक बटालाको टाउको, हात, ढाड र भित्री शरीरमा चोट लागेको छ । दुबै जनालाई उपचारको लागि सुर्खेतको वीरेन्द्रनगर पठाएको छ ।

मिनीट्रक मंगलबार दिउँसो २ बजे दुर्घटना भएको थियो । ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?