+
+

नयाँ वर्षमा पोखरामा १७औं फेवा महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १३:५०

२४ चैत, काठमाडौं । नयाँ वर्षको अवसरमा पोखरामा १७ औं फेवा नववर्ष महोत्सव आयोजना हुने भएको छ । होटल संघ नेपाल (हान)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी गराएको छ ।

होटल संघ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ १७ औं फेवा नववर्ष महोत्सव आयोजना हुनेछ ।

कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न ३० चैतदेखि १ वैशाखसम्म महोत्सव आयोजना हुन लागेको उनले बताए । उनका अनुसार लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको मुख्य सडकमा महोत्सव सञ्चालन हुनेछ ।

कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपनसहित करिब ३ किमि खुल्ला सडकमा महोत्सव आयोजना गर्न लागिएको हो ।

होटल संघ नेपाल केन्द्रका कार्यवाहक अध्यक्ष विनायक शाहले उत्सव/महोत्सवबाट अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रभाव परी विदेशीलाई नेपाल घुम्न प्रेरित गर्ने बताए । नेपाल घुम्नका लागि सुरक्षित गन्तव्य रहेको सूचना सम्प्रेषण गर्न समेत यसले सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?