+
+

‘ए मेरो हजुर ४’बाट हटाइयो दुर्गेश थापाको दृश्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १६:२९
तस्वीर : दुर्गेश थापाको फेसबुकबाट

काठमाडौं । पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए ।

उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ ।

निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए ।

‘कसैलाई चित्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटाएका हौं । त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखिएन,’ थापाले अनलाइखबरलाई भने ।

अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेका दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य फिल्ममा समावेश थियो । निर्माता थापाका अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो ।

‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गते रिलिज तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?