+
+

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई कारबाही गर्ने आयोगको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १८:१५

२५ चैत, काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताए ।

निर्वाचनको आचारसंहिता उलंघन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैव तयार रहेको पनि उनले प्रष्ट पारे ।

‘निर्वाचन आचारसंहिता कार्यान्वयन हुन्छ भन्ने कुरामा कुनै पनि शंका छैन । यदि कसैले आयोग समक्ष र विभिन्न गोष्ठी र कार्यक्रममा र तपाईँहरु (पत्रकार)सँग चाहिं कार्यान्वयन गर्छ भन्यो । तर भित्रभित्रै उलंघन गर्न उद्यत भयो भने त्यो निर्वाचन कसुर हुन्छ,’ उनले भने, ‘निर्वाचन कसुरमा कानुन बमोजिम कारबाही गर्न आयोग तयार छ । त्यो कसैलाई छुट हुँदैन । कसैलाई क्षम्य हुँदैन ।’

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।

निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुन नहुने पनि स्पष्ट पारेको छ । त्यसैगरी निर्वाचन प्रचारप्रसारको क्रममा सामाजिक सञ्जाल प्रयोग गर्न पाईने तर त्यसको दुरुपयोग नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?