+
+
Shares

ओलीको दावी : नेपाल श्रीलंका बन्दैछ, वृद्धभत्ता नदिए अनौठो नमान्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १७:५४

२७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था बिग्रिएर श्रीलंकाको जस्तो बन्न लागेको दावी गरेका छन् । आइतबार एमालेनिकट शिक्षक संगठनको कार्यक्रम उद्घाटन गर्दैै उनले सरकारले तलव दिन नसक्ने अवस्था समेत आउन सक्ने जिकिर गरे ।

‘यो नेपालका लागि अनिष्टको समय हो,’ ओलीले भने, ‘एमालेका लागि होइन देशका लागि । अहिले देशको अर्थतन्त्र हेनुहोस् त श्रीलंका बन्दै छ नेपाल । केही समयपछि तनखा नपाए अनौठो नमान्नुहोला । तनखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता नपाए अनौंठो नमान्नुहोला । दिन सक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिदै छन् ।’

यस्तो अवस्थामा पनि एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमा आवद्ध दलहरु खुसी भएर बसेको ओलीको भनाइ छ । ‘त्यो गठबन्धनमा लागेका त खुसी नै होलान,’ उनले भने, ‘देश यस्तो अवस्थामा जाँदा पनि खुसी छन् एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर ।’

एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै उनले एमाले ‘ढुंगाको काम फोडेर’ पनि सरकारमा आउने बताए।

‘कति दिन राख्न सकिन्छ एमालेलाई बाहिर ?, ओलीको भनाइ छ, ‘ढुंगाको काप फोडेर पनि उम्रिन्छ पीपल । नेकपा एमाले खाली यो चुनावको वर्षायाम पर्खिराखेको छ। चुनाव आयो कि त ढुंगाको काप फोडेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?