+
+

टी-२० वरीयतामा नेपालको स्थान सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १८:२१

२७ चैत, काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपालको स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार सार्वजनिक गरेको टी-२० को नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लेको हो ।

केही दिनअघि घरेलु मैदानमा सम्पन्न नेपाल, मलेसिया र पपुवा न्यूगिनी सम्मिलित टी-२० श्रृंखलामा अपराजपित रहँदै च्याम्पियन बनेको नेपालले वरीयतामा सुधार गरेको हो । श्रृंखलामा नेपालले फाइनलसहित ५ वटै खेल जितेको थियो । नेपाल युएईलाई पछि पार्दै वरीयतामा अघि आएको हो ।

नयाँ वरीयता अनुसार नेपालको ३२ खेलबाट ६ हजार ४८ अंक र १८९ रेटिङ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?