+
+

पोखराको मेयरमा एमालेबाट प्रदेश सांसदको दाबी, उपमेयरले आवेदन नै दिइनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १८:१४

२९ चैत, पोखरा । पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेबाट १२ जनाले आकांक्षा राखेका छन् ।

मंगलबार एमालेको महानगरपालिका कमिटीले मेयर र उपमेयरको आकांक्षीहरुको नाम संकलन गरेको थियो । जसमा मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापासहित १२ जनाले र उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । तर हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले आगामी कार्यकालका लागि कुनै पनि पदमा दावी गरेनन् ।

मेयरको आकांक्षीहरुमा प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मिनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा रहेका छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् ।

मेयर पदका आकांक्षीहरुले तीन हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गराएका छन् । मेयरका लागि दुई पुरुष र एक महिलाको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस हुनेछ ।

उपप्रमुखका लागि भने ११ जनाले दावी गरेका छन् । उनीहरुमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री रहेका छन् ।

आकांक्षीहरुबीच सहमतिको प्रयास गर्ने र सहमति नभए मतदानबाट ३ जनाको नाम छनोट गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने महानगरपालिका कमिटीका सचिवालय सदस्य चेतन कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?