+
+

बायर्नलाई स्तब्ध पार्दै भियारियल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते ६:४६

३० चैत, काठमाडौं । सामुएल चुकवसएजेले खेल सकिन दुई मिनेटअघि गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिखलाई आउट गर्दै स्पेनको भियारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई लेगको क्वाटरफाइनलमा भियारियलले बायर्नलाई २-१ ले हरायो । त्यसमा दोस्रो लेगको अन्तिममा उनै सामुएलले गरेको गोल निर्णायम बन्यो ।

सन् २००६ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा आर्सनलसँग पराजपत भएयता भियारियल पहिलो पटक सेमिफाइनल पुगेको हो ।

पहिलो लेगमा भियारियलले बायर्नलाई १-० ले हराएको थियो । त्यसबाट उत्साहित बनेको भियारियलले दोस्रो लेगमा बायर्नलाई उसैको मैदानमा १-१ को बराबरीमा रोक्यो ।

एलिएन्ज एरेनामा रोवर्ट लेवान्डोस्कीले ५2 औं मिनेटमा गोल गर्दै बायर्नले अग्रता लिंदै समग्रमा स्कोर १-१ मा बराबरी गर्दै घरेलु समर्थककलाई पुनरागमनको आशा दिलाए । तर बायर्नले अरु गोल गर्न सकेन ।

८८ औं मिनेटमा सामुएलले गोल गर्दै खेल १-१ को बराबरी गरे । यस गोलले भियारियललाई अन्तिम चारमा पुर्‍याउँदा ६ पटकको विजेता बायर्न भने आउट भयो । भियारियलले अब सेमिफाइनलमा लिभरपुल र वेनफिका बीचको विजेतासँग खेल्नेछ ।

भियारियललाई सेमिफाइनल पुर्याएपछि प्रशिक्षक उनाई एमेरीले यो अनौठो किसिमको अनुभुव रहेको बताउँदै यो सहज भने नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?