+
+

पाँचौं शक्ति एमालेविरुद्ध वीरगञ्जमा प्रमुख शक्तिहरुको तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १८:३९

७ वैशाख, काठमाडौं । सत्ता गठबन्धनले महानगर र उपमहानगरपालिकाको उम्‍मेदवारमा भागबण्डा टुंग्याएको छ । भागबण्डा अनुसार, वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले मेयर र नेपाली कांग्रेसले उपमेयरमा उम्‍मेदवारी दिनेछन् ।

२०७४ को चुनावमा पनि जसपाले नै मेयर जितेको थियो । उपमेयर भने कांग्रेसले जितेको थियो । यसपटक भने प्रमुख प्रतिश्पर्धी जसपा र कांग्रेसबाट सहमतिमा साझा उम्‍मेदवार तय गर्नेछन् ।

साझा उम्‍मेदवारलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले मतदान गर्नेछ । अघिल्लो चुनावमा जसपाका विजय सरावगीले १९,३९२ मत ल्याएर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १७,१९७ मत ल्याएका थिए ।

फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ८,७०१ मत ल्याउँदै चौंथो स्थानमा थिए । फोरम लोकतान्त्रिक कांग्रेसमै समाहित भइसकेको छ । यो हिसाबले कांग्रेसको मत २५,८९८ मत हुन्छ । त्यसमा जसपा र माओवादी केन्द्रले (रहबर अन्सारीले ८,३०५ मत ल्याएका थिए) पाएको मत मात्रै जोड्दा पनि ५३,५९५ हुन्छ ।

त्यसमा एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीको केही मत थपिन सक्छ । राजपाबाट ०७४ को चुनावमा मेयर लडेका राजेशमान सिंह जसपा प्रवेश गरेकाले केही व्यक्तिगत मत आउने सम्भावना हुन्छ ।

यो गठबन्धन मुख्यगरी प्रमुख विपक्षी दल नेकपा एमालेका उम्‍मेदवारविरुद्ध बनेको हो । तर ०७४ को चुनावमा एमाले पहिलो शक्ति बनेपनि वीरगञ्जको भने पाँचौं शक्ति हो । एमालेले तेस्रो स्थानमा रहेको राजपा भन्दा ३,४७७ मत कम ८,६८८ मत मात्रै ल्याएको थियो ।

तर महानगरमा माओवादी केन्द्र भन्दा ३८३ मत मात्रै बढी ल्याएको एमालेविरुद्ध गठबन्धनबाट साझा उम्‍मेदवार उठाउने सहमति जुटेको छ । जबकी गठबन्धनको चुनावी मत असर पार्न जसपा छोडेर मेयर सरावगी एमाले प्रवेश गर्नु मात्रै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?