+
+

जसपाबाट सिद्धार्थनगरको मेयरमा जैसवाल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १९:०९

७ वैसाख, बुटवल । जनता समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवारमा अर्जुनप्रसाद जैसवाललाई सिफारिस गरेको छ । जसपा सिद्धार्थनगरका अध्यक्ष समेत रहेका जैसवाललाई नगर समितिले सर्वसम्मत सिफारिस गरेको सो पार्टीले जनाएको छ ।

जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट मेयर पदका उम्मेदवार थिए ।

नगर समितिले उपप्रमुखमा आसमा खातुन फकिर, वडा नम्बर १ को अध्यक्षमा उज्ज्वल पोखरेल, २ को अध्यक्षमा दिलिप कुमार कहाँर, ३ मा कैस मोहम्मद साई र ४ मा गोविन्द यादवलाई उम्मेदवार सिफारिस गरेको छ ।

जसपा सिद्धार्थनगरले पाँच दलीय गठबन्धनमा सहभागी नहुने निर्णय गरिसकेको छ । गठबन्धनबीच रुपन्देहीका दक्षिणी ६ वटा पालिकामा पनि मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?