+
+

च्यासलमा सर्‍यो नेकपा एमाले पार्टी कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १३:५७

९ वैशाख, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।

कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

प्रतिष्ठानको उक्त भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको भन्दै एमाले उपमहासचिव विष्णु रिमालले प्रतिष्ठानसँगको सहकार्यमा व्यावसायिक ढंगलेसमेत सञ्चालन गरिने बताएका छन् ।

एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट एमाले कार्यालय थापाथलीमा सरेको थियो । त्यहाँ ठाउँ नपुगेपछि तुल्सीलाल स्मृति भवनमा सरेको हो ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?