+
+

एमाले घोराहीले सार्वजनिक गर्‍यो संकल्प पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते २०:१३

९ वैशाख, दाङ । नेकपा एमाले घोराही उपमहानगर कमिटीले स्थानीय तह निर्वाचनको संकल्प पत्र सार्वजनिक गरेको छ ।

नेकपा एमाले पोलिटव्युरो सदस्य नरुलाल चौधरीले आसन्न स्थानीय तह निर्वाचनको लागि पार्टीको तर्फबाट संकल्प पत्र सार्वजनिक गरेका हुन् ।

‘हाम्रो प्रतिवद्धता शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार, समुन्नत, सीप र सुशानयुक्त घोराही नगर’ नारासहित एमालेले घोराहीको संकल्प पत्र सार्वजनिक गरेको हो । स्थानीय तह निर्वाचनमार्फत घोराही उपमहानगरलाई समृद्ध बनाउन अघि बढ्ने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, आर्थिक विकास, उद्यमशीलता, पूर्वाधारको विकाससँगै वन वातावरण संरक्षणमा ध्यान दिँदै घोराही उपमहानगरलाई समृद्ध बनाउने लगायत विषय संकल्प पत्रमा उल्लेख गरिएको छ ।

संकल्प पत्रमा आर्थिक विकासलाई प्रमुखतामा राख्दै कृषि, सिचाई, पशुपछी पालन, पर्यटन र सहकारीको क्षेत्रमा काम गर्ने भनिएको छ भने सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य र पोषण, खानेपानी लगायत विषयलाई प्रथामिकतामा राखिएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तर्फ ग्रामिण क्षेत्रमा सडक विस्तार तथा कालोपत्रे गर्ने र सरसफाई व्यवस्थापन तथा पर्यावरणका क्षेत्रमा काम गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?