+
+

गोरखामा चुनावी तालमेलका लागि कांग्रेस र माओवादीबीच छुट्टै छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १७:३५
फाइल तस्वीर

१० वैशाख, गोरखा । सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा नमिलेपछि गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छुट्टै छलफल सुरु गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीचको छलफलले भागबण्डा टुंग्याउन नसकेपछि दुई पार्टीबीच मात्र तालमेलका लागि छलफल भएको हो ।

शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय सदस्यसहितको बैठक बसेको नेताहरुले बताएका छन् ।

छलफलमा जिल्लाको एघार पालिकामध्ये सात वटाको नेतृत्व कांग्रेसले लिने र बाँकी चार वटाको नेतृत्व माओवादी केन्द्रले लिने गरी सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।

कांग्रेसले गोरखा नगरपालिका, गण्डकी, भीमसेन थापा, धार्चे, सिरानचोक, आरुघाट र अजिरकोट गाउँपालिकाको नेतृत्व लिने र माओवादी केन्द्रले पालुङटार नगरपालिका, बारपाक सुलिकोट, शहीद लखन र चुमनुब्री गाउँपालिकाको नेतृत्व लिने गरी छलफल अघि बढेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, अब्दुल सतार र माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्ण धिताल, केन्द्रीय सदस्य अमर तमु लगायत सहभागी छन् । छलफलमा सहमतिको नजिक पुगेपनि अधिकारिक निर्णय भने भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?