+
+

‘डक्टर स्ट्रेन्ज-२’लाई साउदी अरेबियामा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १६:२८

काठमाडौं । बेनेडिक्ट कम्बरब्याच स्टारर प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को प्रदर्शनमा साउदी अरेबियामा रोक लगाएको छ ।

निर्माता कम्पनी मार्भलकै अघिल्लो फिल्म ‘द इटर्नल्स’लाई रोक लगाइएको प्रावधानलाई पछ्याउँदै साउदीले सोही ब्यानरको अर्को फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

‘द इटर्नल्स’मा समलैंगिक पात्रहरुको रोमान्स र गे सुपरहिरोलाई चित्रण गरिएको छ । सामान्यतः खाडी मुलुकमा समलैंगिकता सम्बन्धी विषयमा बनेका फिल्मको सेन्सर पास हुँदैन । ‘डक्टर स्ट्रेन्ज २’मा अमेरिका चाभेजलाई लेस्बियन किशोरीको रुपमा चित्रण गरिएको छ । यही कारण दर्शाउँदै साउदी सेन्सरले फिल्म प्रदर्शनको अनुमति नदिएको हो ।

साउदी अरेबियामा अहिले पनि समलैंगिकतालाई गैरकानुनी मानिन्छ । साउदीले यसबारे निर्माण भएका फिल्मलाई प्रदर्शनको लागि अनुमति दिने गरेको छैन । ‘डक्टर स्ट्रेन्ज’ नेपालसहित विश्वभर मे ५ तारिखमा रिलिज हुने तयारीमा छ ।

साउदीसहित कुवेत र कतारमा अहिले पनि यो फिल्मको अग्रिम बुकिङ खुला गरिएको छैन । साम रेइमी निर्देशित यो फिल्ममा कम्बरब्याचसहित चिवेटोल इजोफोर, बेनेडिक्ट वङ लगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?