+
+

७५ एम्पुल लागूऔषधसहित कोटेश्वरबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १७:३७

१२ वैशाख, काठमाडौं । प्रहरीले ७५ एम्पुल लागूऔषधसहित  कोटेश्वरबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्‍ने ३२ वर्षीय मुकुन्द केसी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २५ एम्पूल डाइजेपाम, २५ एम्पूल फेनेरगन र २५ एम्पूल नूफिन तथा स्कुटर बरामद गरेको छ ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?