+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुर्तीजन्य पदार्थको सेवनले दैनिक १०२ जनाको ज्यान लिन्छ !

कर बढाउन सरोकारवालाको अपील

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १९:३९

१२ चैत, काठमाडौं । सुर्तीजन्य पदार्थको प्रयोगलाई कम गर्न र यसमा लगाइने करमा वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिइएका छन् ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थमा राजस्व बढाएर विश्व स्वास्थ्य संगठनले तोकेअनुसार ७५ प्रतिशत वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिष्ठानले सोमबार एक पत्रकार सम्मेलन आयोजना गरी सुर्तीजन्य पदार्थको प्रयोगले स्वास्थ्यमा पुर्‍याएको हानि र राजस्व वृद्धिका बारेमा एक रिर्पोट सार्वजानिक गरेको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको खुद्रा मुल्यमा लाग्ने कर ३८ प्रतिशत छ । सुर्तीजन्य पदार्थको उपभोग तथा धुम्रपानको सेवन घटाउनका लागि कर वृद्धिलाई सबैभन्दा प्रभावकारी र प्रमाणिक संयन्त्र रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा. जयकुमार गुरुङ बताउँछन् ।

हालसालै गरिएको अध्ययनले सुर्तीजन्य पदार्थमा कर वृद्धिका लागि प्रमुख तर्क बनेको अबैध व्यापार वैचारिक र मिथ्या पुष्टि भएको गुरुङको भनाई छ ।

विभिन्न सिमा नाका, शहर, हिमाल, पहाडका ११ जिल्लामा ४ हजार ३ सय भन्दा बढी चुरोटका प्याकेटहरुमध्ये ०.३३ प्रतिशत मात्रै अवैध चुरोट फेला परेको अनुसन्धानले देखाएको छ । पहिचान गरिएका सबै अवैध प्याकेटहरु इन्डोनेसिया वा भारतबाट आयात गरिएको पाइएको गुरुङले बताए ।

‘नेपाल राजस्व परामर्श समितिसँग गरेको कार्यशाला गोष्ठीमा सूर्य नेपालको प्रतिनिधिहरुले चुरोटको अवैध व्यापार लगभग २५ प्रतिशत गतल आंकलन गर्नुभएको थियो,’ डा. गुरुङले भने,’, नयाँ अध्ययनले नेपालको बजारमा अवैध चुरोटको स्तर अत्यन्तै न्यून भेटाएको छ । जुन प्रमाणले नीति निर्माताको डर भन्दा बढ्दो कर र अवैध व्यापार बीचको सम्बन्ध धेरै कमजोर रहेको संकेत गर्छ ।’

सुर्तीजन्य पदार्थको सेवनको मात्रा घटाउनका लागि निमित्त गरिएका विभिन्न प्रयासका बीच पनि सेवनकर्ताको संख्या निको उच्च ( ३२ प्रतिशत) रहेको छ दैनिक सो संख्या बढ्दो छ ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले नीति निर्माताहरुमा थप कर वृद्धि गर्दा अवैध व्यापार बढ्छ भन्ने मानसिकता रहेको बताए ।

‘खुल्ला सिमानाको कारणले नेपालको चुरोटमा कर बढाइएको खण्डमा अवैध रुपमा चुरोट भित्रिन्छ भन्ने नीति–निमार्ताको तर्क छ । तर, त्यो गलत मानसिकता हो ,’ डा. मरासिनीले भने,’ सुर्तीजन्य पदार्थमा लाग्ने करको दायारा फराकिलो बनाएर अतिरिक्त राजस्व उठाउने अवसर पनि हो ।’

सरकारले सुर्तीजन्य पदार्थमा करका साथै जनचेतनापनि बढाउनुपर्ने डा. मरासिनीको सुझाव छ ।

पछिल्लो समय नसर्ने रोगअन्तर्गत सुर्तीजन्य पदार्थ सेवन आफैमा गम्भीर रोगका रुपमा विकसित हुँदै गएको छ । क्यान्सर, रक्तचाप, क्षयरोग, निमोनिया, मस्तिष्काघात, हदृयघातजस्ता रोगका प्रमुख कारक तत्वका रुपमा सुर्तीजन्य पदार्थ रहेको छ ।

विज्ञका अनुसार नेपालमा सुर्तीजन्य पदार्थको मृत्युको दोस्रो ठूलो जोखिम कारक हो । नेपालमा सुर्तीजन्य पदार्थको सेवनले बार्षिक ३७ हजार, ५२९ अर्थात प्रति घन्टा ४ जनाको ज्यान गुमारहेका छन् । जुन नेपालको मृत्युको १९.४१ प्रतिशत ओगटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?