+
+

धनकुटामा दिनेश र चिन्तनको दोस्रो भिडन्त

नेपाली कांग्रेसका दिनेश राई र नेकपा एमालेका चिन्तन तामाङले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका छन् । यसअघि २०७४ सालको प्रतिस्पर्धामा तामाङ निर्वाचित भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १७:२३
बाँयाबाट क्रमश: दिनेश राई र चिन्तन तामाङ ।

१४ वैशाख, धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा २०७४ सालको चुनावका दुई मुख्य प्रतिद्वन्द्वी यसपालिको चुनावमा पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाली कांग्रेसका दिनेश राई र नेकपा एमालेका चिन्तन तामाङले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका छन् । यसअघि २०७४ सालको प्रतिस्पर्धामा तामाङ निर्वाचित भएका थिए । उनले राईलाई ११४ मतले पराजित गरेका थिए । चिन्तनको ४ हजार ९३३ मत पाउँदा दिनेशले ४ हजार ८१९ मत पाएका थिए ।

उनीहरुसँगै जनता समाजवादी पार्टीका गोपाल लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सुमिना तामाङ र स्वतन्त्रबाट सुन्दरबाबु श्रेष्ठ पनि चुनावी मैदानमा छन् ।

तर ५ वर्षअघि ११४ मतको अन्तरले जित-हार व्यहोरेका दिनेश र चिन्तनबीच नै यो पटक पनि प्रतिस्पर्धा हुने आकलन छ ।

दिनेश कांग्रेस धनकुटा सभापति हुन् भने चिन्तन नेकपा एमालेका जिल्ला उपाध्यक्ष ।

धनकुटाका परिचित अनुहार दुवैले यसअघि नै चुनावी तयारी थालेका थिए ।

कांग्रेस उम्मेदवार दिनेशलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ । यद्यपि सत्ता गठबन्धनमै रहेको दल जनता समाजवादी पार्टीले छुट्टै उम्मेदवारी दिएको छ ।

धनकुटाका निवर्तमान मेयर चिन्तनले नगरमा विकास निर्माणका केही काम गरेका छन् । मेयरमा दोहोरिने आकांक्षा राख्दा उनलाई विगतमा आफूले गरेका कामको केही जस लिने अवसर पनि छ ।

तर उनी मेयरमा निर्वाचित भएको पार्टी नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले यस पटक प्रतिद्वन्द्वीलाई सहयोग गर्दैछन् । जसले गर्दा पनि यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?