+
+

प्रिमियरमा ‘मन्त्र’लाई मिश्रित प्रतिक्रिया, बाबुरामले पनि हेरे फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते ११:४४

काठमाडौं । शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्म ‘मन्त्र’को प्रिमियर गरिएको छ । गृहजिल्ला गोरखामा छायांकन गरिएको फिल्म हेर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार बेलुका बिग मुभिज पुगेका थिए ।

दीपकराज गिरी, दीपाश्री निरौला, निश्चल बस्नेत, विपिन कार्की लगायतका फिल्मकर्मी प्रिमियरमा उपस्थित रहे । अभिनेता सौगात मल्ल उपस्थित रहेपनि सगरमाथा आरोहणमा निस्किएकी अभिनेत्री दीया पुन चाहिं देखिइनन् ।

फिल्म हेरेकाले ‘मन्त्र’लाई मिश्रित प्रतिक्रिया दिएका छन् । अभिनेता दीपकराज गिरीले छायांकन स्थलले दर्शकलाई लोभ्याउने बताए । ‘फिल्ममा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौं,’ उनले भने, ‘ब्याकग्राउण्ड स्कोर बुलन्द रह्यो ।’

हिमालका दृश्य र पार्श्व ध्वनि बोनसको रुपमा रहेको दीपकले बताए । निर्देशक दीपाश्री निरौलाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा दीपकतर्फ हेर्दै भनिन्, ‘अब यस्तै स्क्रिप्ट चाहियो मलाई । यस्तै पहाडको स्क्रिप्ट चाहियो, यस्तै मनास्लुको स्क्रिप्ट चाहियो ।’

‘मन्त्र’ हेरुन्जेल कथावस्तु र लोकेसनले आफूलाई बाँधेर राखेको प्रतिक्रिया उनले दिइन् । प्रिमियरमा कमै पुग्ने अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्म रमाइलो लागेको बताए ।

फिल्मलाई उत्तरी गोरखाको मनास्लु हिमाल आसपासमा खिचिएको छ । केटी भगाएर विवाह गर्ने त्यहाँको स्थानीय संस्कृतिलाई फिल्ममा चित्रण गरिएको छ ।

खिलबहादुर गुरुङ निर्देशित फिल्ममा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको अभिनय छ । सुरेश कार्की, रविराज कार्की र शुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिच्छेद सेनको पटकथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?