+
+

पर्वतीय फिल्म फेस्टिभलको विश्व सम्मेलन काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १७:२७
फाइल तस्वीर

काठमाडौं । पर्वतीय फिल्म फेस्टिभलहरुको अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म (आईएएमएफ)को विश्व सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ ।

शनिबार इटालीको ट्रेन्टोमा सम्पन्न साधारणसभाले नवनिर्वाचित बोर्ड अफ डाइरेक्टर्स पनि घोषणा गरेको छ ।

नवनिर्वाचित समितिमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) आयोजना संस्था हिमाल एसोसियसनका अध्यक्ष बसन्त थापा पनि निर्देशकमा चुनिएका छन् । अध्यक्षमा बिलबाओ मेन्डी फिल्म फेस्टिभलका जाबी बराइयाजारा चुनिएका छन् । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

२० मुलुकका २८ फेस्टिभल सदस्य रहेको आईएएमएफमा किम्फ पनि सदस्य छ । सन् १९५२ मा स्थापना भएको यो ट्रेन्टो फिल्म फेस्टिभल विश्वकै पुरानो फेस्टिभल अन्तर्गत पर्छ ।

किम्फको आगामी संस्करणकै छेकोमा आईएएमएफको विश्व सम्मेलन सन् २०२२ को डिसेम्बरमा काठमाडौंमा हुने जनाइएको छ । सम्मेलन काठमाडौंमा हुने खबरले आफू उत्साहित रहेको किम्फले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?