+
+

रुकुम पश्चिमको त्रिवेणीमा दुई उम्‍मेदवारका समर्थबीच खुकुरी हानाहान, ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १५:०१

२० वैशाख, रुकुम । रुकुम पश्‍चिमको त्रिवेणी गाउँपालिकामा वडा- १ मा दुई उम्मेदवारका समर्थकबीच सोमबार राति खुकुरी हानाहान हुँदा ६ जना घाइते भएका छन् ।

गाउँपालिकाको-१ नम्बर वडामा माओवादी केन्द्रबाट वडाअध्‍यक्षका उम्‍मेदवार र स्वतन्त्रबाट वडाअध्‍यक्षमा उम्‍मेदवारी दिएका सुन्दर ओलीका समर्थकबीच झडप भएको ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रसाद सोतीले बताए ।

उनले भने, ‘लक्ष्मण र सुन्दर पक्षका कार्यकर्ताहरुबीच विवाद बढेपछि झडप भएको हो । झडपमा ६ जना घाइते भएका छन् । ‘

उनका अनुसार घाइते हुनेहरुमा रुँघाका धर्मेन्द सुनार, टिकाजंग मल्ल, जीवन पुन, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन रहेका छन् ।

घाइतेमध्ये धर्मेन्द्र, टिकाजंग र जीवनको अवस्था गम्भीर भएकोले थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्‍य ३ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

डीएसपी सोतीका अनुसार गाउँपालिकाको-१ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष सुन्दर ओलीले स्थानीय तह निर्वाचनको लागि आफ्नो नेतृत्वमा वडा अध्यक्षसहितको स्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी बिषयमा विवाद भएको हो । तर स्वतन्त्र उम्मेदवार सुन्दर ओलीले भने आफूहरुको कारण झडप नभएको बताएका छन् ।

वडा नम्बर १मा माओवादी केन्द्रले लक्ष्मण ओलीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ भने सुन्दर ओलीले स्वतन्त्रबाट वडाअध्‍यक्षको उम्‍मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?