+
+

१७ जना बिरामी मार्ने नर्सलाई ७६० वर्षको जेल सजाय !

एजेन्सी एजेन्सी
२०८१ वैशाख २५ गते १०:०७

अमेरिकामा १७ जना बिरामीको हत्या गर्ने एकजना नर्सलाई अधिकतम ७६० वर्षको जेल सजाय सुनाइएको छ ।

अमेरिकाको पेन्सिल्भेनियाकी हिथर प्रेस्डीलाई शनिबार अदालतले ३८० देखि ७६० वर्षसम्मको जेल सजाय सुनाएको हो ।

ती नर्सले ४३ देखि १०४ वर्ष उमेरसम्मका धेरै बिरामीहरुलाई तीन वर्षसम्म नियतबस सुइमार्फत् इन्सुलिनको घातक डोज दिएर हत्या गरेको दाबी गरिएको छ ।

सन् २०२० देखि २०२३ सम्मको अवधिमा उनले अमेरिकाका विभिन्न ५ वटा स्वास्थ्य संस्थाहरुमा गरेर कम्तिमा १७ जना बिरामीको हत्या गरेकी थिइन् ।

एनले नै ३ वटा हत्या तथा १९ वटा ज्यान मार्ने उद्योगको अभियोग स्वीकार गरेकी छिन् र त्यसबापत उनलाई सबै हत्याका लागि जन्मकैदको सजाय भयो । त्यस्तै अन्य सबै हत्यामा समेत उनलाई अदालतले दोषी ठहर गर्दै ३८० देखि ७६० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

साथै उनीमाथि २२ जना बिरामीलाई इन्सुलिनको अत्यधिक डोज दिएको आरोप छ । उनले त्यसरी इन्सुलिनको कडा डोजको सुइ दिएकामध्ये अधिकांश डाइबेटिजका बिरामी नै थिएनन् ।

त्यसरी इन्सुलिनको उच्च डोजयुक्त सुइ दिएका मध्ये अधिकांशको छोटो समयमै मृत्यु भयो भने कतिपयले केही समयपछि ज्यान गुमाए ।

इन्सुलिनको उच्च डोजले शरीरमा चिनीको मात्रा घातक रुपमा कम गराउँछ जसलाई हाइपोग्लिसेमिया भनिन्छ । साथै यसका कारण मुटुको धड्कन बढ्ने र हृदयाघात पनि हुने गर्दछ।

प्रेसडीका सहकर्मीहरुले उनको त्यस्तो व्यवहारका बारेमा पहिले नै उजुरी गरेका थिए । उनले बिरामीहरुप्रति निकै घृणाजन्य व्यवहार देखाउने र अपमानजनक अभिव्यक्ति दिने गरेकी थिइन् ।

अदालतमा सुनुवाइका क्रममा उनले आफू दोषी रहेको स्वीकार गरेकी थिइन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?