+
+

निगमले भन्यो– मागभन्दा बढी ग्याँस आयात भएको छ, मौज्दात नराख्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते २२:२८

२२ वैशाख, काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यास अभाव हुनुपर्ने अवस्था नरहेको बताएको छ । खपत भइरहेको औसत परिमाणभन्दा बढी एलपी ग्याँस आयात भइरहेको भन्दै निमगले ग्यास आयातको तथ्यांक सार्वजनिक गरेको छ ।

बजारमा अहिले उपभोक्ताले सहज रुपमा ग्यास पाइरहेका छैनन् । निगमका अनुसार एलपी ग्यासको खपत महिनामा ४५ हजार मेट्रिक टन छ । अप्रिल महिनामा ४७ हजार १२७ मेट्रिकटन ग्याँस आयात भएको निगमले जानकारी दिएको छ ।

चैतमा एलपी ग्यास उद्योग संघले बिक्री वितरणमा अवरोध गर्दा आपूर्ति व्यवस्था प्रभावित भएको भन्दै त्यसपछिको आयात सहज भएको निगमको दाबी छ । मागभन्दा बढी परिमाणमा ग्यासको मौज्दात नराख्न उपभोक्तालाई निगमले आग्रह गरेको छ ।

ग्याँसको मूल्य बढ्ने हल्ला फिजाएर कृत्रिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोजे कडा कारबाही गरिने निगमको चेतावनी छ ।

‘वाणिज्य विभाग र निगमले नियमित बजार अनुगमन समेत गरिरहेको छ, अनुगमनको क्रममा केही ग्यास विक्रेतालाई कारकाही गरिसकेको र भविष्यमा पनि कैफियत गर्नेलाई कडा कारबाही गरिनेछ ,’ निगमले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?